भर्खरै

आज ६३ औं प्रहरी दिवस, विविध कार्यक्रम गरि मनाइँदै


 October 11, 2018     सेतो खबर

काठमाडौं, असोज २५। नेपाल प्रहरीले बिहीबार विशेष समारोहको आयोजना गरी ६३ औं प्रहरी दिवस मनाउँदैछ । दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा हुने विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने बताइएको छ । प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ ।

कार्यक्रममा १३ वटा विधाका उत्कृष्ट व्यक्तित्वहरुलाई पनि पुरस्कृत गरिँदैछ । दिवसको अवसरमा विभिन्न जिल्लाका प्रहरी कार्यालयले पनि विविध कार्यक्रम आयोजना गरेका छन् ।

रक्तदानदेखि सरसरफाइ कार्यक्रमसम्म गरेर यो दिवस भव्यताका साथ मनाइने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 

 

 

ctzn
LIC

LIC


Ime Inside