सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
गायीका सोना महापात्राले म्यूजिशियन तथा गायक कैलाश खेरमाथि शोषणको आरोप लगाएकी छिन् । महापात्राको भनाई अनुसार खेरले एक पटक उनको तिघ्रामा हात हालेर चलाएका थिए । सोनाले गायक तथा म्युिजशियन राम सपत सँग विवाह गरेकी छिन् । उनले एउटा ट्विटद्धारा भनिन कि एक आधिकारीक भेटघाटको दौरान कैलाशले उनीसँग यो दुब्र्यवहार गरेका थिए ।
महापात्राले लेखिन “म एउटा कन्सर्टको दौरान कैलाशसँग पृश्वी क्याफेमा भेटेको थिए ,यो कन्सर्टमा हामी दुबैले आफनो प्रस्तुती दिन पर्ने थियो । कुराकानीको दौरान कैलाशले मेरो तिघ्रामा हात घुमाउदै भने “तिमी धेरै सुन्दर छौ” । राम्रो भयो कि तिमिले एउटा राम्रो संगीतकार (राम संपत) पायौ न कि कुनै अभिनेता , म तुरुन्तै त्यहाँ बाट निक्ले” ।
सोनाले भनीन “यो घटनापछि पनि कैलाशले आफनो चरित्र सुधारेनन् उनले भनिन् ढाका पुगेपछि आयोजना स्थल जादा कैलाशले मलाई लगातार फोन गरीरहेका थिए । मैले फोन उठाइन, यसपछि कैलासले आयोजकसँग फोनमा भने कि मलाई उनको कोठामा भेट्नको लागी भनिदिनु “।
महापात्राले भनिन कुरो यो छ कि “कैलासले मेरो स्टुडियोमा र कैयौ प्रोजेक्टसमा गित गायका थिए जसमा म प्रोड्युसर थिए, र उनी मलाई राम्ररी चिन्थे कि म कति मजबुत छु र उनले यो पनि गरे कि मेरो साथी राम संपतसँग एउटा गितको लागी मद्यत पनि मागेका थिए । यसको वावजुत पनि उनले यस्तो गरे” ।
आमिर खानको शो सत्यमेव जयते मा प्रस्तुती दिइसकेकी महापात्राले भनिन कि खेर कति महिलाहरुसँग माफि मागीसके । यदि उनले कतिलाई शोषण गरे त्यसको लागी अहिलेदेखी नै माफि माग्न शुरु गरे भने पनि जिवनभर लाग्नेछ ।
एक ट्विटर युजरले जब महापात्रासँग यो घटनाको बारेमा सोधे तब उनले भनिन “जसले मलाई कैलाशसँगको यो घटना अहिले उजागर गरेकोमा सोधेका छन् तिनिहरुलाई म यो भन्न चाहन्छु कि यो मेरो निजि जिवन हो र मेरो इच्छा हो “।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा