सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
इंडोनेशियाको जावा र बाली द्धिपमा विहिवार भुकम्पको झट्का महशुस गरीएको छ । भुकम्पको तीब्रता ६.० मापन गरीएको छ । स्थानीय अधिकारीका अनुसार, भुकम्पमा परि ३ जनाको मुत्यू भएको जनाइएको छ । राष्ट्रिय आपत एजेन्सिका प्रवक्ता सुतोपो पुरवो नुगरोहोका अनुसार पुर्वी जावाको सुमेनेप जिल्लाका भवनहरु ध्वस्त भएको छ जसमा कैयौ मानिसहरु फसेका छन् ।
नुगरोहोले बताए अनुसार, “भुकम्प विहिवार सुतेको समयमा आएको कारण कोही ब्यक्ति पनि घरबाट बाहिर निक्लेर सुरक्षित स्थानमा जाने समय पाएनन् । यद्यपी, इंडोनेशियाको भुगर्भीय एजेन्सिका प्रमुख डिकोरिता कर्णवातीले एएफपीलाई बताए कि भुकम्पपछि सुनामी आउने नआउने बारे कुनै पनि सुचना जारी गरीएको छैन” ।
खबर अनुसार, भुकम्पको झट्का २०० कि.मि टाढा रहेको सुराबाया मा पनि महसुस गरिएको छ । भुकम्पको तिब्रतालाई हेरेर धेरै नै धनजनको क्षती भएको आशंका गरिएको छ । कैयौ मानिसहरु भगनावशेषमा पुरीएको आशंका गरीएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा