भर्खरै

नेपाल प्रहरीमा एक एआइजीमा र दुई एसएसपीमा बढुवा सिफारिस


 October 10, 2018     सेतो खबर

काठमाण्डौ, असोज २४ । नेपाल प्रहरीले प्राविधिकतर्फ एक जनालाई एआईजी र दुई जनालाई एसएसपी मा बढुवा सिफारिस गरेको छ ।

बढुवा सिफारिस समितिको बैठकले तीन जना वरिष्ठ प्रहरी अधिकृतलाई बढुवा सिफारिस गरेको हो ।

नेपाल प्रहरी अस्पतालको प्रमुखमा डिआइजी डा. दुर्गा थापालाई एआइजीका लागि सिफारिस गरेको हो। नेपाल प्रहरीमा प्राविधिकतर्फ एकजनामात्र एआइजी रहने व्यवस्था छ। प्रहरी अस्पतालको नेतृत्व एआइजीको कमाण्डमा हुन्छ।

यसैगरी ‘डग स्कूल’की एसपी देउती गुरुङ र कम्प्युटर निर्देशनालयका एसपी नवीन्द्र अर्यालको नाम एसएसपीमा बढुवा सिफारिस भएको छ। नेपाल प्रहरीमा प्राविधिकतर्फ ८ जना डीआइजीको दरबन्दी छ।

LIC
LIC



Ime Inside