भर्खरै

प्रहरी भवन उद्घाटन गर्दै आईजीपीले भने: प्रहरीको बोली र व्यवहार पनि भवनजस्तै राम्रो हुनुपर्छ​


 October 10, 2018     सेतो खबर

काठमाडौं, असोज २४। ललितपुरको सातदोबाटोमा निर्माण भएको महानगरीय ट्राफिक प्रहरी भवनको आज उद्घाटन गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी संगठनभित्र गलत काम गर्ने छुट कसैलाई नभएको बताएका छन् ।

गलत काम गर्नेहरु प्रहरी संगठनभित्र बस्न नसुहाउने उनको भनाई थियो । केही व्यक्तिले गलत काम गर्दा समग्र प्रहरी संगठन बदनाम भएको भन्दै उनले प्रहरी संगठन बदनाम हुँदा आफूमाथि चोट लागेको बताए ।

खानालले प्रहरीको बोली र व्यवहार पनि भवनजस्तै राम्रो हुनुपर्ने बताए । ‘अभावको बीचमा पनि ट्राफिक प्रहरी र नेपल प्रहरी अहोरात्र खटिएको छ, यो नयाँ भवनजस्तै प्रहरीको बोली, वचन र व्यवहार पनि राम्रो हुन जरुरी छ,’ प्रहरी महानिरीक्षक खनालले भने, ‘प्रहरी निरीक्षक सिताराम हाछेथुजस्तै राष्ट्रप्रति सर्मपित भएर इमान्दारिताका साथ हामि सबै लाग्नु पर्छ ।

भवन उद्घाटन समारोहमा समितिले भवन निर्माणका लागि अहोरात्र खटिएर महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै प्रहरी निरीक्षक सीताराम हाछेथुलाई एक लाख एक हजार सहित सम्मान गरिएको छ । २०७२ सालदेखि निर्माण थालिएको उक्त भवन २ करोड १६ लाख रुपैयाँको लागतमा निर्माण भएको हो ।

LIC
LIC



Ime Inside