भर्खरै

ल क्याम्पसमा कक्षाकोठा अभाव, २० गुणा बढी विद्यार्थी भर्ना


 October 10, 2018     सेतो खबर

काठमाडौं, असोज २४ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को आङ्गिक क्याम्पस नेपाल ल क्याम्पसमा स्नातक तह (एलएलबी) प्रथम वर्षमा क्षमताभन्दा करीब २० गुणाबढी विद्यार्थी भर्ना भएपछि कक्षाकोठा अभाव देखिएको छ ।

करीब ५०० क्षमता भएको उक्त क्याम्पसम अहिले स्नातक प्रथम वर्षमा १० हजार ८६० जना विद्यार्थी भर्ना भएका छन् । गत वर्ष ल क्याम्पसमा चार हजार २३८ विद्यार्थी भर्ना भएका थिए । त्रिवि कानून सङ्कायका डीन डा ताराप्रसाद सापकोटाले क्षमताभन्दा बढी विद्यार्थी भर्ना भएपछि पढाउनका लागि कक्षाकोठा खोजिरहेको बताउनुभयो ।

ल क्याम्पसमा चार वटा कक्षाकोठा मात्र स्नातक तह प्रथम वर्षमा पढाउनका लागि रहेको छ । उहाँले कक्षाकोठा उपलब्ध गराइदिनका लागि त्रिविका रजिष्ट्रार र रेक्टरसमक्ष पहल गर्नका लागि अनुरोध गरिएको बताउनुभयो ।

“चार वटा कक्षाकोठामा हामीले अहिले कक्षा सञ्चालन गरिरहेका छौँ । ती कक्षाकोठामा विद्यार्थीको भीड रहेको छ”, उहाँले भन्नुभयो, “प्राध्यापकसँग सँगै उभिएर विद्यार्थी पढिरहेका छन् ।”

काठमाडौँस्थित ल क्याम्पस मात्र नभएर उपत्यका बाहिर रहेका छ वटा त्रिविका आङ्गिक क्याम्पसमा पनि क्षमताभन्दा बढी नै विद्यार्थी सङ्ख्या भर्ना गरेका छन् । डीन डा सापकोटाका अनुसार सबभन्दा बढी नेपालगञ्जस्थित क्याम्पस एक हजार २०० र कम बुटवलस्थित क्याम्पसमा ७०० विद्यार्थी भर्ना भएका छन् ।

क्याम्पस प्रमुख डा दिनानाथ पराजुलीले त्रिवि केन्द्रीय क्याम्पससँग जग्गा मागी टहरा निर्माण गरी कक्षा सञ्चालन गर्ने तयारी गइरहेको जानकारी गराउनुभयो । “हामीले त्रिविसँग ५० रोपनी जग्गा माग गरेका छौँ । त्रिविले जग्गा उपलब्ध गराए भने दशैँपछि उक्त जग्गामा पढाउनका लागि टहरा बनाउनेछौँ”, उहाँले भन्नुभयो, “हामीले बिहान विद्यार्थीलाई पठाउँछौँ । दिउँसो र कक्षा सञ्चालन नभएका बेला त्रिविले उक्त टहरामा परीक्षासमेत सञ्चालन गर्न सक्नेछ ।”

एउटा कक्षामा २०० जना पढाउने गरी क्याम्पसले टहरा बनाउने तयारी गरेको छ । क्याम्पस प्रमुख कक्षाकोठाको अभावले अयन्त्र पढाई सञ्चालन गर्नुपर्दा बिहान दिउँसो र साँझ तीनै सिफ्टमा कक्षा सञ्चालन गरिने बताउनुभयो । एउटै सिफ्टमा सबै विद्यार्थीलाई पढाउन असम्भव भएपछि तीनै सिफ्टमा विद्यार्थीलाई पढाइने जानकारी गराउनुभयो ।

क्याम्पस प्रमुख डा पराजुलीले त्रिविसँगै क्याम्पस नजिकका विश्व भाषा क्याम्पस, रत्नराज्य क्याम्पस र सरस्वती क्याम्पसमा कक्षाकोठा मागेर पठाउने छलफल भइरहेको बताउनुभयो ।

यसैगरी करीब १० हजार ८६० जनाले भर्ना गरे तापनि करीब एक हजार जाना क्याम्पस आउने गरेका छन् । पहिलेको तुलनामा अहिले विद्यार्थी आउन थालेको क्याम्पस प्रमुख डा पराजुलीले जानकारी गराउनुभयो । रासस

ctzn
LIC

LIC


Ime Inside