सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पाकिस्तानलाई चीनले ४८ अत्याधुनिक सैन्य ड्रोन बेच्ने भएको छ । यो ड्रोनले हरेक मौसममा सजिलै काम गर्दछ । यसले भारतको अझ खतरा बढाउन सक्छ । यो जानकारी मंगलबार चीनीया मिडियाले दिएको हो । रक्षा मन्त्रालयका अनुसार, यो अहिलेसम्मको दुबै देश विच भएको सबैभन्दा ठुलो सम्झौता हुने बताइएको छ । यद्यपी, सम्झौता के–कति मा भएको विषयमा खुलाइएको छैन ।
चीन र पाकिस्तान विच जुन ड्रोनको सम्झैता हुन लागेको छ त्यसको नाम विंग लुंग २ ड्रोन हो । विंग लूंग २ ड्रोन लाई चिनको कम्पनि चेंगडू एयरक्राफ्ट इंडस्ट्रियल (ग्रुप) कम्पनिले विकास गरेको हो । यो एउटा उच्च स्तरीय एन्टिडोट र वहुउपयोगी मानव रहित एयरक्राफ्ट सिस्टम हो । ग्लोबल टाइम्सको रिपोर्ट अनुसार, यो ड्रोनलाई दुबै देश मिलेर बनाउनेछन ।
ग्लोबल टाइम्स अनुसार, आइतबार पाकिस्तानी वायुसेनाको शेरडिल्स एयरोब्याटिक टिमले आफनो आधिकारीक फेसबुक बाट उक्त सम्झौताको जानकारी दिएको हो । यद्यपी, जानकारीमा सम्झौता कतिमा भयो ? सम्झौता कहिले भयो ? र पाकिस्तानले उक्त विंग लूंग २ ड्रोन कहिले प्राप्त गर्छ सोको विषयमा खुलाइएको छैन ।
चीन पाकिस्तानी सेनालाई हतियार आपुर्ति गर्ने सबैभन्दा ठुलो देश हो । दुबै देश मिलेर हालैमात्र जेएफ–थंडर लडाकू विमानको निर्माण गरीरहेका छन् ।
चीनद्धारा पाकिस्तानलाई हाई एण्ड ड्रोन बेच्ने घोषणा रुस र भारत बिच भएको एस–४०० मिसाइल रक्षा प्रणालीको सम्झौता पश्चात भएको छ । पछिल्लो हप्ता रुसी राष्ट्रपति ब्लादिमिर पुटिनको नयाँ दिल्लि यात्राको क्रममा भएको थियो ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा