भर्खरै

ग्लोबल आइएमई बैंक र लेखनाथ सिटि हस्पिटल बिच सम्झौता, बैकका कार्डवाहकले २५% सम्म छुट पाउने


 October 9, 2018     सेतो खबर

काठमाण्डौ, असोज २३ । ग्लोबल आइएमई बैक र पोखरा महानगरपालिका २६, बुढीबजार, कास्कीमा रहेको लेखनाथ सिटी हस्पिटल सम्झौता भएको छ । सम्झौता पश्चात बैकका डेविट/क्रेडिट कार्ड, प्रिभिलेज कार्ड होल्डर, बैंकका कर्मचारी तथा कर्मचारीका परिवारले सो हस्पिटलमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउनेछन् ।

सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका गण्डकी प्रदेश प्रमुख अजय थापाको उपस्थितिमा बेगनास शाखाका शाखा प्रबन्धक दिनेश अधिकारी र लेखनाथ सिटी हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक सुजन रानाभाटले हस्ताक्षर गरे ।

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न खाले योजनाहरु ल्याई रहेको छ ।

ctzn
LIC

LIC


Ime Inside