सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, असोज २३ । सिटिजन्स बैंक र क्लिनिक वन प्रा. लि जावलाखेल बिच बैंकका ग्राहकवर्गलाई क्लिनिकको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका प्रमुख संचालन अधिकृत पारस कुमार काफ्ले र क्लिनिकका प्रमुख कार्यकारी अधिकृत रघु बिक्रम राणाले उक्त हस्ताक्षर गरे ।
सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट/क्रेडिट कार्डवाहक ग्राहक तथा परिवारका सदस्यहरुले क्लिनिक वन प्रा. लि.मा उपचार गराउँदा तथा अन्य सेवा लिंदा बिशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना ८० वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख पचास हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ । आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा