सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असोज २३ । महाराजगञ्जस्थित शिवपुरी माध्यामिक विद्यालयको आज आयोजित ७० आैँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पुराना विद्यालयलाई सरकारले संरक्षण गर्ने बताउनुभएको छ । उहाँले पुराना विद्यालय ऐतिहासिक सम्पदा भएकाले तिनको संरक्षण गरिने बताउनुभएको हो ।
उपप्रधानमन्त्री पोखरेलले सामुदायिक विद्यालयमा लगानी वृद्धि तथा निजी लगानीका विद्यालयलाई नियमन गर्दै मुलुकको शिक्षा प्रणालीमा देखापरेका समस्या अन्त्य गर्न सरकार लागिपरेको बताउनुभयो । सामुदायिक विद्यालयको स्तरोन्नति गरी गुणस्तरीय शिक्षा प्रदान गरिनेमा जोड दिँदै उहाँले संविधानप्रदत्त शिक्षाको मौलिक हक कार्यान्वयन गर्दै सम्पूर्ण शिक्षा अनिवार्य र निःशुल्क गर्ने सरकारको सोच रहेको बताउनुभयो ।
काठमाडाैँ महानगरपालिका–३ का वडाध्यक्ष दीपक केसीले विद्यालयको शैक्षिक गुणस्तर बढाउन पहल गर्ने जानकारी दिँदै उहाँले यस वडालाई शिक्षा र स्वास्थ्यको ‘हब’ बनाउने तयारी भइरहेको बताउनुभयो । विद्यालयका प्रधानाध्यापक दिवाकर दूरदर्शी पाण्डेले विद्यालयको शैक्षिक गुणस्तर अझ वृद्धि गरिने जानकारी दिनुभयो ।
सन् २००५ मा स्थापित कक्षा १२ सम्मको उक्त विद्यालयमा करीब एक हजार २०० विद्यार्थी अध्ययरत छन् । त्यस अवसरमा विभिन्न अतरिक्त क्रियाकलापमा विजयी विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा