सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फेसबुकपछि अब गुगल प्लसको पाँच लाख युजर डाटा चोरीको आशंकाले यसको उपभोक्ता संस्करणलाई बन्द गरिने भएको छ ।
अल्फाबेट इंकको गुगलले भन्यो कि एउटा बगबाट गुगल प्लसको पाँच लाख युजर एकाउण्ट प्रभावीत भएको छ । यसबाट युजरको डाटा एक्सटर्नल डेवलपर्सको अगाडि उजागर हुने खतरा बढेको छ । यही कुरालाई ध्यानमा राख्दै कम्पनिले उपभोक्ताहरुको लागी सोशल नेटवर्क गुगल प्लसलाई बन्द गर्ने निर्णय लिएको छ ।
गूगलले नियामक छानविनको डरले यो मुद्धालाई स्पष्ट नपार्ने निर्णय लिएको छ । सुत्र तथा आन्तरिक दस्तावेजको हवाला वाट यो आशयको जानकारी वाल स्ट्रीट जनरलले दिएको छ ।
सोशल साइटमा सफ्टवेयर गडबडीले बाहीरी डेभलपर्सलाई २०१५ र मार्च २०१८ विच प्राइभेट गूगल प्लस डाटासम्म पुर्याएको थियो । यसपछि आन्तरिक जाँचकर्ताले यसको पत्ता लगाए र उसलाई ठिक पारे । यो मुद्धाको कारण अल्फाबेट इंकको शेयर मुल्यमा २.६ प्रतिशत गिरावट आएको छ ।
गूगलले भनेको छ कि प्रभावीत डाटा स्ट्याटिक्स, अप्शनल गूगल प्लस प्रोफाइल फिल्ड सम्म सिमित छ । यसमा नाम, इमेल ठेगाना, पेशा, लिङ र उमेर समावेश छ । गूगलले यो पनि भनेको छ कि यो कुराको जानकारी मिलेको छैन कि कुनै डेभलपरलाई यो बग को जानकारी छ । कुनै प्रोफाइल डाटाको दुरुपयोगको जानकारी पनि अगाडि आएको छैन ।
२०११ म गुगलले गुगल प्लसलाई फेसबुकसँग टक्कर गर्दे लन्च गरेको थियो । त्यो समय फेसबुकको विज्ञापन पोलिसिलाई ध्यानमा राख्दै गुगलले जि प्लसलाई लन्च गरेको थियो ताकि युजर्सको गतिविधिको आधारमा विज्ञापन देखियोस् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा