सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज २३ । मलेसियामा जारी आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एसिया छनोट समूह ‘बी’ को चौथो खेलमा नेपालले भुटानलाई फराकिलो अन्तरमा हराएको छ। नेपाल पहिले ब्याटिङ गर्दै दिएको १५१ रनको लक्ष्य पछ्याएको भुटान १६.४ ओभरमा ३३ रनमा समेटिएको छ।
भुटानलाई सस्तैमा समेट्न नेपालका सन्दिप लामिछाने, ललितनारायण राजबंशी र बसन्त रेग्मीले ३-३ विकेट लिए। सन्दीपले ४ ओभरमा २ मेडन गर्दै ६ रन दिए भने ललितले पनि २ मेडन गर्दै ४ रन मात्रै दिए । त्यसै गरी वसन्त रेग्मीले २ दीपेन्द्रसिंह ऐरीले १ र शरद भेषावाकरले १ विकेट लिए । भुटानका तेन्जिङ वाङचुकले मात्रै दोहोरो अंकको स्कोर बनाउन सके ।१९ बल खेलेका उनले ११ रन बनाए । भुटानका ११ ब्याट्सम्यानले नेपालविरुद्ध ४ वटा बाउन्ड्री प्रहार गर्न सके ।
पहिलो ओभरमा २ विकेट गुमाएको भुटानको चौथो ओभरमा २, छैटौं र सातौं ओभरमा १–१, नवौं र दशौं ओभरमा १–१ विकेट गुमेको थियो । ब्याटिङ तर्फ स्कोर ६ रन हुँदा पहिलो ओभरमा नै विनोद भण्डारीको विकेट गुमाएको नेपालका लागि प्रदीप ऐरी र अनिलकुमार साहले राम्रो साझेदारी गरे ।
नोपलका लागि प्रदीप ऐरीले सर्वाधिक ७५ रन बनाए । ६८ बलको सामना गरेका ऐरीले ६ चौका र २ छक्का प्रहार गरी अविजित रहे अनिलकुमार साहले २७ र दीपेन्द्रसिंह ऐरीले १५, आरिफ शेखले १३, करण केसीले ११ रन बनाए ।
नेपालले प्रतियोगिताको यसअघिका ३ खेलमा सहज निकालेको थियो । म्यानमार र मलेसियालार्इ ८ विकेटले हराएको नेपालले थाइल्याण्डलार्इ डकवर्ड जुइस नियमका आधारमा १४० रनले पराजित गरेको थियो । लगातार ४ जितपछि नेपाल टी-२० वर्ल्डकप एसिया क्वालिफायरको दोस्रो चरणमा प्रवेश गर्ने पक्का भएको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा