सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पाकिस्तानले सोमबार ब्यालिस्टिक मिसाइल “गौरी” को सफलतापुर्वक परिक्षण गरेको छ । यो मिसाइल पारम्परिक परमाणु विस्फोटलाई १३०० किमी सम्म लैजानमा सक्षम रेहेको बताइएको छ ।
सेनाको रणनितिक बल कमाण्डद्धारा यसलाई लन्च गरीएको हो । सेनाको “मिडिया विंग इंटर सर्विसेज पब्लिक रिलेशन” ले भन्यो रणनितिक बल कमाण्डद्धारा यसको परिचालन तथा प्रविधिको तयारीलाई जाँचीयो । सेनाको रणनितिक बल कमाण्ड प्रमुख लेफ्टिनेंट जनरल मोहम्मद हिलाल हुसेनले सेनाद्धारा गरिएको यो परिक्षणको प्रशंसा गर्दे गौरीको मानकलाई उच्च बताए ।
परिक्षणको समय रणनीतिक योजना प्रभागका बरिष्ठ अधिकारी तथा बैज्ञानिकहरु उपस्थित थिए ।
राष्ट्रपति डा. आरिफ अल्वी र प्रधानमन्त्रि इमरान खानले वैज्ञानिकहरुलाई सफल परिक्षणको लागी बधाई तथा शुभकामना दिए ।
गएको अप्रिलमा पाकिस्तानले ७०० किमिसम्म मार हान्न सक्ने क्षमता भएको बाबर मिसाइलको पनि परिक्षण सफलतापुर्वक गरेको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा