सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
हामी सबैको जीवन साह्रै नै संघर्षपूण हुन्छ, तर दुनियाले हामीलाई जीन्दगी जिउनका लागि असिमित अवसर पनि प्रदान गरेका हुन्छन, जसले हाम्रो जीवनलाई सुखी बनाउन मद्दत गर्दछन। हामी कस्तो किसीमको जीवन जीउन चाहन्छौ, त्यो हामी आफैमा निर्भर गर्दछ।
हरेक व्यक्तिहरु आफ्नो जीवनकालमा जे–जस्ता काम हरु गर्दछन, आफुलाई खुशी राख्नकै लागि गर्दछन। तर जीवनमा सफलता त्यसै मिल्दैन। त्यसका लागि सफलताको रहस्यहरु जान्न जरुरी हुन्छ।
त्यसैले हामीले सफल जीवनका केहि मन्त्रहरुलाई यहाँ प्रस्तुत गरेका छौ। यी मन्त्रहरुलाई तपाँइले आफ्नो जीवनमा लागु गर्नुभयो भने तपाँईको जीवन अवश्य पनि सफल हुनेछ।
१. हरेकपल जीवनमा केहि न केहि सिक्ने प्रयास गर्नुहोस। यदि तपाई केहि नयाँ कुरा सिक्न छोडिदिनु हुन्छ भने तपाई जीन्दगीमा हरेक पटक असफताको सामना गर्नु पर्ने हुन्छ।
२. जति सम्भव हुन्छ अरुले गरेको गल्तिलाई माफ गर्दै जानुहोस।
३. सधै पसाको लागि मात्र काम नगुर्नहोस।
४. समय तपाईको सोच भन्दा पनि सधै अगाडी हुन्छ त्यसैले सावधानीका साथ अघि बढ्नुहोस।
५. धन जहिले पनि अपेक्षाकृत महत्वहिन हुन्छ।
६. आफुले आफैसँगँ कहिल्यै पनि झुठ कहिल्यै पनि नबोल्नुहोस।
७. आफ्नो विगतलाई विर्सेर वर्तमानमा जीउन सिक्नुहोस।
८. तपाईको धन सम्पत्ती तपाईको खुशी संग मापन गर्नुहोस, बैंक व्यालेन्स संग होइन।
९. पहिले आफ्नो लागि जिउन सिक्नोस, अनि अरुको लागि।
१०. आलोचनाको सामना गर्न सिक्नुहोस।
११. खुशी मान्छे संग सधै खुशी रहनुहोस।
१२. आफुले गरेका गल्तीहरुलाई आत्मसात गर्नुहोस अनि त्यस्ता गल्तीहरु नदो¥याउनुहोस।
१३. हरेक दिन आफुले आफैलाई कुनै न कुनै नयाँ चुनौती दिनुहोस।
१४. भौतिक चीजविजमा आफुलाई धेरै लालयित नबनाउनुहोस।
१५. यदि तपाईले केहि राम्रा कुरा सिक्नु भएको भए अरुलाई पनि सिकाउनुहोस।
१६. “म जान्दैन” भन्न लाई लाज नमान्नुहोस, कोहि पनि ब्यक्ति पूर्ण हुदैन।
१७. बाहिरी दुनियालाई हेर्नुहोस अनि उनिहरुका लागि पनि केहि गर्नुहोस।
१८. सदैव सहयोगी बन्नुहोस, कसैलाई सहयोग गर्दा तपाईलाई खुशी मिल्नेछ।
१९. केहि समय आफ्नो लागि पनि निकाल्नुहोस।
२०. तपाई सवैलाई खुशी बनाउन सक्नु हुन्न तर केहि लाई खुशी बनाउन सक्नुहुन्छ।
२१. आफ्नो गल्तिहरुबाट सिक्नुहोस।
२२. धेरै नसोच्नुहोस बरु धेरै गर्नुहोस।
२३. सकेसम्म आफुलाई खुशी बनाउने कोशिस गर्नुहोस। नाच्नुहोस, गाउनुहोस।
२४. तपाईलाई कुनै चीजको मुल्य तवमात्र थाहा हुने छ जब त्यो चिज दास्रोको हातमा पर्नेछ।
२५. आफ्नो घमण्डलाई छोडेर माफि माग्नुहोस।
२६. यदि तपाईले कसैका नराम्रा पक्षहरुलाई छोडेर राम्रा मात्र कुराहरुको अनुसरण गर्नुभयो भने जीवन अत्यन्तै सहज हुनेछ।
२७. तपाईसँग जे छ त्यसैमा खुशी हुन सिक्नुहोस।
२८. आफुभित्रको मानवतालाई सधै याद गर्नुहोस।
२९. सधै विनम्र हुने प्रयास गर्नुहोस।३०. तपाईलाई जुन काम गर्न आनन्द लाग्छ त्यही मात्र काम गर्नुहोस। जवरजस्ती कुनैपनि काम नगुर्नहोस।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा