सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, असोज १९। सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय हलचोकको मानव श्रोत विभाग, तालिम निर्देशनालय, भर्ना तथा छनोट शाखाले ४३ जना सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) र २३९ जना सशस्त्र प्रहरी सहायक निरीक्षक (असई)को माग गरेको हो।
इच्छुक योग्यता पुगेका नेपाली नागरिकले आज (शुक्रबार)असोज १९ बाट कार्तिक १८ गतेसम्म आवेदन दिन सक्ने सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले जानकारी दिएको छ।
आवेदनका लागि सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोक श्वयम्भु, पकली बाहिनी सुनसरी, बर्दिबास बाहिनी बर्दिबास, भण्डारा बाहिनी चितवन, पोखरा बाहिनी कास्की, चन्दौटा बाहिनी कपिलबस्तु, बांगेसिमल बाहिनी सुखेत र अत्तरिया बाहिनी कैलालीबाट दरखास्त दिन सकिने छ।
प्रहरी निरीक्षकका लागि स्नातक वा सो सरहको उपाधि प्राप्त गरेका र २५ वर्ष ननाधेको हुनु पर्ने छ भने सहायक निरीक्षकका लागि प्रविणता प्रमाणपत्र उर्तिण हुनुको साथै २३ वर्ष ननाघेको हुनुपर्ने छ।
सूचना हेर्नुस् :
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा