सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
‘कुंग–फू…’ यो नाम सुनेपछि तपाईलाई चीनीया फिल्मको याद आउन सक्छ । भन्ने हो भने पुरै चिन कुंग–फू को लागी विश्वभरी नै प्रख्यात छ । तर चीनमा एउटा गाउँ यस्तो छ जहाँ हरेक ब्यक्ति कुंग–फू मा माहिर छन् । मध्य चीनको तियांजहूको ग्रामीण गाउँमा हरेक विना योग हरेक विहान मार्शल आर्ट गर्छन ।
यो गाउँमा नोकरी पेशा गर्ने हुन वा ब्यवसाय गर्नेहरु हुन सबै कुंग–फू मा निपुण छन् । यहाँ विभिन्न कुंग–फू सिकाइने र प्रयोग गरिन्छ र मानिसहरु आफनो कौशललाई अझ राम्रो बनाउनको लागी एक–अर्कासँग लड्छन् । कुंग–फू को असामान्य परम्पराले गाउँको प्रसिद्ध बनाएको छ ।
चिनको गुइजहौ प्रान्तमा एउटा ग्यान्सी डोङ गाउँ छ । यहाँ डोङ प्रजातीका मानिसहरुको बसोबास रहेको गाउँ छ जो चीनमा ५६ मान्यता प्राप्त जातीय अल्पसंख्यक मध्येको एक हो । १५० बर्ष पहिला एक शाओलिन भिक्षु यहाँ आएपछि यो परम्परा शुरु भयो । ग्यान्सी डोङ को जनसंख्या ८,००० छ । यो गाउँको कुंग–फू यति प्रसिद्ध भयो कि यसको नाम नै कुंग–फू भन्न थालियो ।
पुरानो मान्यता अनुसार १५० बर्ष पहिला शाओलिन भिक्षु तांग लाओशुन यहाँ आएपछि यहाँका मानिसहरुले कुंग–फू को अभ्यास गर्न शुरु गरेका थिए । यहि दौरान राजाको सेनासँग बच्नको लागी तांग शओलिन मन्दिरमा लुक्न पर्यो ।
ग्यान्सीका प्रसिद्ध कुंग–फू मास्टर ८८ बर्षिय झोंग मोलिनका अनुसार तांगलाई पहिला स्थानीयहरुले धेरै नै दुख दिए उसको ज्यान लिने कोशिश गरे । तर आफनो मार्शल आर्टले उनले मानिसहरुलाई पराजित मात्र गरेनन उनीहरुलाई स्तब्ध पनि पारे ।
एक पटक तांगले उनलाई हानिएको पथ्थरलाई समाउनको लागी आफनो चपस्टिकको प्रयोग गरे । निसस्त्र तांगले गाउँका सबै कुंग–फू योद्धालाई हराय जो लामो लठ्ठी लिएर आएका थिए ।
तांगको क्षमताबाट प्रभावीत भएर ग्यान्सीका निवासीहरुले उनीसँग कुंग–फू सिक्ने निर्णय गरे र त्यही परम्परा आजसम्म पनि चलिरहेको छ । झोंग छैटौ पीढीका कुंग–फू वंशज हुन र गाउँमा कुंग–फू को कक्षा चलाउछन् । उनी त्यहाँका शाओलिन मन्दिरमा क्लास लिन्छन् । यद्यपी, मानिसहरु आफनो घर, खेत र सडकको पेटीमा समेत कुंग–फू को अभ्यास गरीरहेका देखिन्छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा