भर्खरै

कक्षा ११ को परीक्षाफल यसै साता सार्वजनिक हुने, परीक्षामा पाँच लाख ४८ हजार विद्यार्थी सहभागि


 October 4, 2018     सेतो खबर

काठमाडौं, असोज १८। राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षाको नतिजा यसै साता सार्वजनिक गर्ने गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार नतिजा प्रकाशनका लागि आवश्यक अन्तिम तयारी भइरहेको छ ।

उनका अनुसार परीक्षण गरिएको उत्तरपुस्तिका रुजु गरेर कम्युटरमा राख्ने काम सकिसकेको छ । अहिले विद्यार्थीको हाजिरीलाई रुजु गर्ने काम भइरहेको छ । ‘कुनै प्राविधिक समस्या आएन भने तीन दिन भित्रमा नतिजा प्रकाशन गर्र्छौ’, नियन्त्रक शर्माले भने ।

परीक्षामा देशभरबाट पाँच लाख ४८ हजारले कक्षा ११ को परीक्षाका लागि फाराम भरेका थिए । ती मध्ये कति जनाले परीक्षा दिए भन्ने तथ्यांक निकाल्नै बाँकी रहेको बोर्डको भनाइ छ । कक्षा ११ को परीक्षा गत वैशाख ३० गतेदेखि जेठ ९ गतेसम्म सञ्चालन भएको थियो ।

विगतका वर्षको तुलनामा यस वर्ष निकै छिटो नतिजा सार्वजनिक हुन लागेको शर्माको दाबी छ ।

 

LIC
LIC
LIC



Ime Inside