सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कंगना रनौतको बहुचर्चित फिल्म मणिकर्णिकाः द क्वीन अफ झांसीको टिजर रिलिज भएको छ । फिल्मको अफिशियल टीजर आज गांधि जयन्तीको दिन २ अक्टोबरको मौका पारेर रिलिज गरीएको हो ।
टिजर शानदार छ जसमा रानी लक्ष्मीबाईको वीरगाथाको बर्णन राम्रोसँग देखाइएको छ । शानदार शैलीमा रानी लक्ष्मीबाई द्धारा दुश्मनलाई आफनो साहस र शक्तिलाई दर्शाइएको छ । टीजरको मोनोलग अमिताभ बच्चनको आवाजमा छ जसले यो टिजरलाई अझ उत्कृष्ट बनाएको छ ।
टिजरमा कंगना रनौत रानी लक्ष्मीबाईको रुपमा गर्जिएको देखिएकी छिन । कंगना रनौतको फिल्म मर्णिकर्णिकाः द क्विन अफ झांसी शुरुवातदेखी नै चर्चामा छ । यो फिल्मको शुटिङ लोकेशनको तस्विर वाहिर आइरहेको छ जसलाई दर्शकहरुले धेरै नै रुचाएका छन् भने यसमा पनि कंगनाको लुकलाई झनै मन पराइएको छ ।
कंगनाले यसमा ज्यान जोखिममा राखेर स्टंट देखी लिएर निर्देशनको बागडोर समेत सम्हालेको फिल्मको लागत १२५ करोड भारु सम्म पुगेको छ । फिल्ममा सबैभन्दा धेरै खर्चको बोझ स्पेशल इफेक्ट्सले मात्र होइन फिल्मको रि–शुट गर्दा पनि लागेको छ । फिल्म मणिकर्णिकाः द क्वीन अफ झांसी २५ जनवरीमा रिलिज हुने भएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा