काठमाडौं, असोज १५ । गायक रामकृष्ण ढकालको स्वर रहेको ‘चरित्र’ बोलको गीत सार्वजनिक भएको छ।
मनिस वशिष्टको शब्द तथा पुरुषोत्तम सुवेदीको संगीत रहेको गितलाई फणिन्द्र राईले संगीत संयोजन गरेका छन्। शान थापाको निर्देशनमा तयार भएको भिडियोमा गायक ढकाल, मोनलिशा शर्मा र विकास लामिछाने अभिनय गरेका छन्।
म्यूजिक नेपालले बजार ल्याएको गितमा राजिव समरको कोरियोग्राफी रहेको छ भने अनिल के मानन्धरले छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ।
हेर्नुहोस भिडियो