सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बाघ, सिंह, चितुवा जस्ता जिवहरु लामो समयदेखी लोप हुने खतरामा परेका छन् । यसको संरक्षणको लागी विश्वभरको पर्यावरणविद तथा वैज्ञानिक संरक्षणमा जुटेका छन् ।
विश्वमा पहिलो पटक दुई सिंहको डमरु टेस्ट टयूब बेबी प्रविधि (आईवीएफ) बाट जन्मिएको छ । दक्षिण अफ्रिकामा अफ्रीकी सिंहिनीहरुमा अनुसन्धान गरीरहेका वैज्ञानिकहरुले अहिले आएर यसमा सफलता हासिल गरेका हुन् । अफ्रिकी देशहरुमा सिंहको प्रजाति लोप हुने अवस्थामा छन् ।
दक्षिण अफ्रिकामा अफ्रिकी सिहिंनीहरुको प्रजनन प्रक्र्रियामा अनुसन्धान गरीरहेका वैज्ञानिकहरुले टेस्ट ट्यूव बेबी प्रविधिले बाघको डमरु जन्माउन सफलता हासिल गरेका हुन् । यसको लागी प्रिटोरिया युनिभर्सिटिका वैज्ञानिकहरु १८ महिनादेखी अनुसन्धान गरीरहेका थिए ।
प्रिटोरिया मबल रिसर्च इंस्टीच्यूटका निर्देशक आन्द्रे गांसविंड ले बताए यी डमरुहरुले २५ अगस्टमा जन्म लिएका छन् । यसमा एउटा भाले र अर्को पोथी छन् । दुबै डमरुहरु स्वस्थ छन् । करिब १८ महिनाको गहन परीक्षण र मेहनत पछि वैज्ञानिकले यो सफलता हासिल गरेको हो ।
यो डमरुको लागी एउटा स्वस्थ सिंहको विर्य लिइएको थियो । यसपछि जब सिंहनी को हर्मोन स्तर सामान्य अवस्थामा भयो र फेरी विर्यलाई कृत्रिम तरिकाले गर्भाशयमा हालियो र यसमा हामीले सफलता हसिल गर्यो ।
२६ अफ्रिकी देशबाट लोप हुने अवस्थामा सिंह
इंटरनेशनल युनियन फर कन्जरभेशन अफ नेचर (आईयूसीएन) अनुसार, २६ अफ्रिकी देशमा सिंहमाद सिंहको प्रजाती लोप हुने अवस्थामा छ । पछिल्लो २० बर्षमा यसको संख्यामा ४३ प्रतिशतले कमी आएको छ । यो समय यहाँ लगभग २०,००० सिंह वाँकी रहेका छन् । यदि यीनीहरुलाई बचाउने कोशिश नगरीएमा यो प्रजाती चाडैमा लोप हुनेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा