सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सिएनएन । गुगल आज यानी २७ सेप्टेम्बर २०१८ मा २० बर्षको भएको छ । यही मौकामा गुगलले भिडियो ‘डुडल’ बनाएर आफैलाई विश गर्यो र विश्वभरबाट पाएको मायाको लागी “थ्याक यू” भन्यो ।
गुगलले १.३७ मिनेटको भिडियो अपलोड गरेको छ । डूडल भिडियोमा गुगलको अहिलेसम्मको इतिहासलाई देखाइएको छ । २० बर्षमा अलग–अलग भाषा, पढ्ने, नाचे जस्ता कुराहरुलाई भिडियोमा देखाइएको छ । आफनो दुई दशकको इतिहासलाई धेरै नै सुन्दर तरिकाले डुडलद्धारा प्रस्तुत गरिएको छ ।
आज ईन्टरनेटको विश्वमा गुगल सबैभन्दा ठुलो नाम हो । यो २० बर्षमा गुगलले मानिसहरुलाई धेरै कुराहरु दिएको छ । हामी गुगलको लोकप्रिय इमेल सर्भिस जीमेलदेखी लिएर गुगल क्यालिण्डर, गुगल ड्राइव, क्रोम, फिट जस्ता कैयौ एपको प्रयोग हाम्रो दैनिक जिवनमा गछौ ।
गुगल पुरै विश्वको लागी नलेजको सबैभन्दा ठुलो सोर्स बनेको छ । क्षेत्र जुनसुकै होस गुगल हाम्रो दैनिक जिवनको हिस्सा बनेको छ । ईन्टरनेटमा केही मानिसहरु यसलाई आफनो साथी मान्छन् त कोही यसलाई आफनो शिक्षक भन्न पनि चुक्दैनन् ।
आफनो २० औ जन्मदिनमा गुगलले आफनो भिडियो डुडलमा ट्रान्सलेशन, उच्चारण, जिआइएफ, सेल्फी, फोटोलाई पनि डुडल भिडियोमा एड गरेको छ । भिडियोको अन्तमा गुगलले विश्वको धेरै भाषामा धन्यवाद दिएको छ ।
दुई साथीले गरेका थिए शुरुवात
यद्यपी, विश्वको सबैभन्दा लोकप्रिय सर्च इंजन गुगलको स्थापना ४ सेप्टेम्बर १९९८ मा दुई साथी मिलेर गरेका थिए । लैरी पेज र सर्गे ब्रिन क्यालिफोर्नियाको स्ट्ण्डफोर्ड युर्निभर्सिटिका पिएचडि का छात्र थिए ।
शुरुवातमा गुगल वेबसाइट को लागी स्ट्ण्डफोर्ड युर्निभर्सिटिको अफिशियल वेबसाइट मा एउटा पेज बनाइएको थियो । लैरी पेज र सर्गे ब्रिनले प्राप्त जानकारीहरु एकत्रित गर्नको लागी एउटा प्रोजेक्ट शुरु गरे । यही प्रोजेक्टको मद्यतले उनीहरुले अगाडि गएर सफलतालाई चुमे ।
कसरी रहन गयो GOOGLE नाम
Google लाई यसको निर्माताहरुले Back Rub को नाम दिएका थिए । Google को शुरुवात एक सर्च ईन्जिनको रुपमा भयो । रोचक तथ्य के छ भने सर्च इंजीन Google को नाम रहनुको पछाडि गणितको एक शब्द Googol हो । यो शब्दको मतलब १ पछि १०० जीरोबाट हो । Googol बाट Google बन्यो र आज इंटरनेटको दुनियामा Google सबैभन्दा ठुलो नाम बन्यो ।
१५ सेप्टेम्बर १९९७ मा डोमिन रजिष्टर्ड गराए
गुगल एक अमेरीकन मल्टिनेशनल कम्पनि हो जो ईन्टरनेटसँग जोडिएको सेवा प्रदान गर्छ । गुगलले आफनो डोमीन १५ सेप्टेम्बर १९९७ मा रजिष्टर्ड गराएका थिए । तर कम्पनिले आफनो काम १९९८ मा शुरु गर्यो ।
अहिले गुगलमा हरेक सेकेण्ड ४०,००० सर्च गरिन्छ । २०१५ मा लाई गुगलको मुख्य कम्पनि बनाइयो । ४ सेप्टेम्बर १९९७ मा स्थापना भयो, १५ सेप्टेम्बर १९९७ मा रजिष्टर्ड हुदा पनि कम्पनि आफनो जन्मदिन २७ सेप्टेम्बरमा मनाउछ ।
१९९८ मा बनाइयो पहिलो गुगल डुडल
१९९८ मा कम्पनिले पहिलो गुगल डुडल बनायो जुन बर्निंङ फेस्टिवलमा आधारित थियो । गुगलको मुख्य कार्यालय अमेरीकाको क्यालिफोर्निया शहरको माउंण्टेन भ्यूमा रहेको छ । मार्च २०१८ सम्म गुगलको पुरै विश्वभरी ८५,०५० कर्मचारी कार्यरत छन् ।
यस्तो छ गुगलको डुडल भिडियो
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा