सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज ९ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा (प्रकाण्ड) रिहा भएका छन् ।
सर्वोच्च अदालतका न्यायाधीशद्धय अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको मंगलबार बसेको संयुक्त इजलासले प्रवक्ता विश्वकर्मालाई पुनः थुनामुक्त गर्न आदेश दिएको हो ।
यसअधि पटक पटक सर्वोच्चको छोडन आदेश दिए लगत्तै गिरफतार भएका प्रकाण्ड आज भने रिहा भएका छन् ।
द्धन्द्धरत पक्ष सँग बार्ताको लागि सरकारले सहजता अपनाउनको लागि आज प्रकाण्डलाई रिहाई गरेको हो ।
सरकारी वार्ता टोलीका सदस्यहरुले प्रकाण्डलाई पक्राउ गर्दा विप्लव सँग वार्ता गर्न अफ्ठेरो परेको बताएको थियो ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा