सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज ९ । गृहमन्त्री रामबहादुर थापाले सामाजिक तथा वस्तुगत आधारमा हत्या र हिंसाका घटना हुने गरेकाले त्यसलाई सरकारले नियन्त्रणको प्रयास गरिरहेको बताएका छन् ।
राष्ट्रियसभाको मंगलबारको बैठकमा सांसदले उठाएका हत्या, हिंसाका घटनाबारे सदनलाई जानकारी दिँदै उनले राजनीतिक संकल्प र कठोर कानुन बनाएर हत्या र हिंसाका घटनालाई नियन्त्रण गरिने प्रतिबद्धता जनाए ।
गृहमन्त्री थापाले भने–‘मुलुकमा हत्या, हिंसाको घटना रोक्न सरकारले जोडबल लगाइरहेको छ । हत्या, हिंसाबाट समाजलाई मुक्त गराउन सरकार, सदन र जनताकाबीचमा एकता कायम गरेर अघि बढन आवश्यक छ ।’
निर्मला पन्तको हत्या महिला हिंसाको प्रतिनिधिमूलक घटना भएको बताउँदै उनले निर्मला पन्तको हत्यामा सम्बन्धित निकायको गम्भीर कमजोरी र गैरजिम्मेवारीका कारण अनुसन्धानमा केही ढिलाइ भएपनि हत्यारालाई कानुनी कठघरामा उभ्याउन सफल हुने विश्वास दिलाए ।
लागुऔषध र घरेलु मदिराले हत्या, हिंसाका घटनालाई बढाएकाले त्यसलाई रोक्ने प्रयास भइरहेको बताउँदै गृहमन्त्री थापाले विकास र समृद्धिको माध्यम पनि समाजलाई परिवर्तन गर्न आवश्यक रहेको धारणा व्यक्त गरे ।
उनले वर्तमान सरकार स्पस्ट दृष्टिकोणका साथ अघि बढिरहेको हुँदा त्यसलाई रोक्ने सफल हुने अठोट व्यक्त गरे ।
सरकार र नागरिकको समन्वयमामात्र पूर्णसुरक्षा सम्भव भएकाले वडास्तरबाटै संयन्त्र बनाएर अभियान चलाउन आवश्यक रहेको उनले बताए ।
आगामी दसैं र तिहारमा यातायात व्यवस्थापन र खाद्यान्न ढुवानीमा कुनै समस्या आउन नदिने प्रतिबद्धता व्यक्त गर्दै उनले उपत्यकाबाहिर जाने यात्रीका लागि टिकट बुकिङ खुला भइरहेको बताए ।
बर्दियामा भएको राममनोहर यादवको मृत्यु प्रहरी यातनाबाट नभइ मस्तिष्कघातबाट भएको रिपोर्ट आएको बताउँदै गृहमन्त्री थापाले भने–‘विगतको तुलनामा हत्या, हिंसाका घटनामा कमी आएको छ । शान्ति–सुव्यवस्था सुदृढ भएको छ ।’
बाढी–पहिरोमा परेर १०० जनाको मृत्यु
सो अवसरमा गृहमन्त्री यादवले वैशाखदेखि भदौ १७ गतेसम्म मुलुकका विभिन्न भागमा एक हजार ५८४ दुःखका घटना भएकामा त्यसमध्ये ५४५ बाढी–पहिरोसँग सम्बन्धित रहेको जानकारी दिए ।
उक्त अवधिमा बाढी–पहिरोका घटनामा परेर १०० जनाको मृत्यु हुनाका साथै १४३ घाइते भएका र दुई हजारभन्दा बढी घर क्षति भएको उनले बताए । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा