सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जनकपुरधाम , असोज ९ । एसिड आक्रमणमा परी गम्भीर घाइते भर्इ उपचारका क्रममा निधन भएकी १८ वर्षीया सम्झना दासको परिवारलाई प्रदेश सरकारले तीन लाख राहत दिने घोषणा गरेको छ।
मुख्य मन्त्रि लालबाबु राउतले प्रदेश सरकारले पुनः औषधि उपचार तथा मृतक सम्झाना दासको परिवारलाई वेटी वचाउ वेटी पढाउ अभियानबाट ३ लाख दिने निर्णय गरेका हुन् ।
प्रदेश सरकारले यस्तो आत्यादायी एसिड आक्रमणको छानविन गरी दोषी उपर कारवाही गर्न तथा भविष्यमा यस्ता घटना दोहरीन नदिन आवश्यक उपाय तथा कानुनी राय सहित लिखित प्रतिवेदन १५ दिनभित्र पेश गर्न मुख्य न्यायाधिवक्ता दिपेन्द्र झालाई आवश्यक निर्देशन पनि दिएको छ ।
यसअघि नै उपचारको लागी १ लाख दिने निर्णय गरीसकेको र उपचारर्थ रहेकी सुस्मिता दासको जीवन रक्षाको लागी प्रदेश सरकार कटिबद्ध रहेको मुख्य मन्त्रि लालबाबु राउतले बताएका छन् ।
एसिड आक्रमणबाट गम्भीर घाइते रौतहटकी सम्झना दासको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा आइतबार राती ११ः३० बजे मृत्यु भएको थियो ।
रौतहट चन्द्रपुर नगरपालिका–६ जादवलाल दासका दुई छोरी सम्झना र सुस्मिता दासमाथि गत भदौ २६ गते राति एशिड आक्रमण भएको थियो । प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै करीब ५० वर्षीय स्थानीयवासी रामबाबु पासवानले उनीहरुमाथि राति घरमा सुतिरहेको बेला एसिड प्रहार गरेका थिए ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा