भर्खरै

चार बर्षदेखी मंगलको चक्कर लगाइरहेको नासाको उप–ग्रहले पठायो २१ प्रकारको सेल्फी


 September 25, 2018     सेतो खबर

सिनेट । नासाको मावेन नामको उप–ग्रहले मंगल ग्रहमा चार बर्ष पुरा गरेपछि पृश्वीमा २१ वटा सेल्फी पठाएको छ । मावेन गएको चार बर्षदेखी मंगल ग्रहको माथिल्लो वायुमण्डलको अध्ययन गर्न त्यहाँ चक्कर लगाइरहेको थियो ।

आईयूवीएस मेशीनको मद्यतले लियो तस्विर
मंगल ग्रहको चक्कर लगाउने नासाको यो उप–ग्रहले इमेजिंग अल्ट्राभ्वाइलेन्ट स्पेक्टोग्राफ (आईयूवीएस) मेशीनको मद्यतले तस्विर लिएको हो । यो मेशीन मंगल ग्रहको माथिल्लो वातावरणमा पराबैंगनी उत्सर्जनको तस्विर लिने काम गर्दछ ।

नासाले गर्यो पुष्टि
नासाले आफनो बयान अनुसार उपग्रहले २१ प्रकारको सेल्फी लिएको बताएको छ । मंगलग्रहको कक्षमा २१ सेप्टेम्बर २०१४ मा पुगेको मावेन मिशनलाई १८ नोभेम्बर २०१३ मा पृश्वीबाट प्रक्षेपित गरिएको थियो ।

ctzn
LIC

LIC


Ime Inside