सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पथलैया, असोज ९ । बलिकाहरुलाई यौनहिंसाबाट बचाउन व्यक्तिगत आत्मरक्षा तालिम सुरु भएको छ ।
देशमा विभिन्न समयमा घट्दै गईरहेको यौन हिंसालाई ध्यानमा राखि बलिकाहरुलाई यौनहिंसाबाट बचाउन स्कुल, कलेजहरुमा तालिम सुरु भएको हो । क्षेत्रिय ट्राफिक प्रहरी पथलैयाका प्रहरी उपरिक्षक किरण बज्रचार्यले उक्त प्रशिक्षण अभियान शुरु गर्नु भएको हो।
प्रहरी उपरिक्षक एवं प्रशिक्षक बज्रचार्यले विद्यार्थीहरुलाई एक्लो समयमा कुन तरिका अपनाउने, कसरी कुनै अपरिचित व्यक्तीको सामना गर्ने, बाहिरि यात्रा गर्दा व्यागमा राख्न सक्ने साधन सामाग्रीहरुको सहयोगले पनि हुन सक्ने घटनाबाट कसरी जोगिने ? पोजिशन, एटेक ईत्यादीकोे वारेमा विद्यार्थीहरुलाई प्रशिक्षण दिनु भयो।
प्रशिक्षण अवधिमा विद्यार्थीहरुबाट सोधिएको प्रश्नहरुलाई प्रशिक्षक बज्रचार्यले जवाफ दिदै आक्रमणको अभ्यास गराउनुका साथै, मोबाईलको सहि प्रयोग, स्पिड डायल, तथा यौन हिन्साबाट बच्न व्यक्तिगत आत्मरक्षाको वारेमा आफ्नो घरपरिवार छिमेकी, साथीहरुमा समेत सोको वारेमा छलफल गरि आकस्मिक घटनालाई रोक्न वा त्यसबाट बच्ने बारे जनचेतना फैलाउने कार्य गर्न सबैमा अनुरोध गनुभयो।
लैंगिक हिंसा विरुद्धको अभियानका संयोजक राजनकुमार श्रीवास्तवले बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनाले यौन हिंसा विरुद्ध डटेर लड्न सबै बालिकाहरुलाई तयार बनाउनुपर्ने आवश्यकता देखिएको बताए ।कार्यक्रम विरगंजस्थित पाठशाला संस्थाको पहलमा भएको थियो।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा