सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रौतहट, असोज ९। जिल्ला अदालतले पप्पु कन्स्ट्रक्सनका अध्यक्ष सुमित रौनियारलाई पक्राउ पुर्जी जारी गरेको छ । रौतहटमा भएको डुंगा दुर्घटना हुँदा दुर्घटनाको मुख्य कारण समयमा नै पुल निर्माण नहुनु रहेको भन्दै पुल बनाउने जिम्मा लिएको ठेकदार कम्पनीमाथि उजुरी परेको थियो ।
डुंगा दुर्घटनाको मुख्य जिम्मेवार पप्पु कन्स्ट्रक्सन रहेको ठहर सर्वसाधारणको छ । पीडित परिवारले प्रहरीमा किटानी जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालयले पप्पु कन्स्ट्रक्सनका अध्यक्ष रौनियारलाई पक्राउ पुर्जी जारी गरेको हो ।
जिल्ला प्रहरी कार्यालयले यस अघि पत्राचार गरेपनि अटेर गरेपछि अदालतको आदेश लिएर पक्राउ पुर्जी जारी गरिएको हो। भदौ ८ गते लालवकैया नदीमा निमार्णधीन पुलको पिलरमा डुंगा ठोकिएर दुर्घटना हुँदा ५ जनाको ज्यान गएको थियो । डुंगामा भएका २४ जना पौडिएर बाचेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा