सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, असोज ९ । प्रधानमन्त्री केपी शर्मा ओली र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडेउविच भेटवार्ता भएको छ।
संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन २० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिवार न्यु योर्क गएका ओलीले क्यानडेली समकक्षीसँग आज भेटवार्ता गरेका हुन् ।
प्रधानमन्त्री ओलीले आफनो आधिकारीक ट्वीटरमार्फत भेटवार्ताको विषयमा जानकारी दिएका हुन्।
A happiest moment of this morning, meeting with Prime Minister of Canada @JustinTrudeau, shared views and discussed on possible cooperation between two countries. pic.twitter.com/oi7ZDgDHr8
— K P Sharma Oli (@kpsharmaoli) September 24, 2018
ओलीले ट्वीट गर्दै विचारहरुको आदान प्रदान भएको तथा दुई देश विचको सहकार्यको विषयमा भेटमा चर्चा भएको जनाएका छन्।
Canada & Nepal are longstanding friends – and this morning, I met with PM Khadga Prasad Sharma Oli to strengthen the ties between our countries and talk about democracy, good governance, economic growth, inclusion and equality. pic.twitter.com/2Fh0x2aD4n
— Justin Trudeau (@JustinTrudeau) September 24, 2018
त्यस्तै क्यानडाका प्रधानमन्त्री ट्रुडेउले पनि ट्वीट गर्दे दुई देशको राजनीति, सुशासन र आर्थिक समृद्धि, समावेशीता र समानताको विषयमा नेपालका प्रधानमन्त्री खड्ग प्रसाद ओलीसँग छलफल भएको बताएका छन्।
७३ औं महासभा आज (मंगलबार) देखि आरम्भ हुँदैछ । प्रधानमन्त्री ओलीले असोज ११ गते बिहीबार संयुक्त राष्ट्र सङ्घको महासभालाई सम्बोधन गर्नेछन् ।
महासभाले यस वर्षका लागि ‘संयुक्त राष्ट्र संघलाई सबै जनतासँग सम्बन्धित, शान्ति र न्यायपूर्ण एवं दिगो समाजका लागि विश्वव्यापी नेतृत्वदायी तथा जिम्मेवारी साझेदारी (संस्था) बनाउने’ नारा तय गरेको छ ।
प्रधानमन्त्री ओली असोज १३ गते न्यूयोर्कबाट कोस्टारिकाको औपचारिक भ्रमणको सिलसिलामा सानहोजेतर्फ प्रस्थान गर्नेछन् । कोस्टारिकाको भ्रमण पूरा गरी प्रधानमन्त्री ओली यही असोज १८ गते स्वदेश फर्कने पुर्व निर्धारित कार्यक्रम रहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा