सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
हङकङ, एएफपी । हङकङ र चीन बिच नयाँ हाईस्पीड रेल लिंक सेवा शुरु भएको छ । अब हङकङबाट बेइजिङ पुग्न २४ घण्टाको ठाउँमा केबल ९ घण्टामात्र लाग्नेछ ।
यो परियोजनालाई आलोचकहरुले अरबौ रुपैयाको लागतमा बनेको यो रेल लिंकसँग शहरको एउटा भाग पनि बेइजिङको अधिकार क्षेत्रभित्र पुगेको टिप्पणी गरेका छन् । यो ट्रेन सेवाको लागी पहिलो पटक अर्थ स्वायत्त हङकङको कोवलुन रेलवे स्टेशनमा चीनीया सुरक्षा बल तैनाथ गरीएको छ ।
आलोचनाको डर र आशंका बिच आइतबार सैयौ यात्री चीनको दक्षिणी शहर शेनझेन जानको लागी कोवलून स्टेशनमा जम्मा भए । हङकङ प्रशासनले उदघाटन समारोह शनिवार राति गुपचुप तरिकाले गरेको थियो ।
३९ बर्षिय चैन नामका एक यात्रीले भने म चीनीया सुरक्षा बलको तैनाथले दुखी छैन । संयुक्त सुरक्षा चौकी हुदा चीन जाने यात्रीहरुको जाँच दु्रत गतीमा हुनेछ र सुरक्षा अनुमती चाडै नै मिल्नेछ । हङकङको संविधान अनुसार उसको आफनो कानुनी तन्त्र छ । चीनको नागरीकहरुको तुलनामा उसको नागरीकसँग धेरै अधिकार छ । १९९७ मा ब्रिटेनले एक सन्धि अन्तर्गत हङकङ चिनलाई सुम्पिएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा