सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चरिकोट, असोज ८ । दोलखाको तामाकोशी गाउँपालिकाले कृषकलाई अनुदान दिने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको आइतबार बसेको बैठकले कृषकका लागि अनुदानको व्यवस्था गरेको हो ।
गाउँपालिकाका अध्यक्ष इश्वरचन्द्र पोखरेलका अनुसार कृषकको व्यवसाय पहिचान गरी रु तीन हजारदेखि रु ३० हजारसम्म अनुदान दिने निर्णय गरिएको छ । उन्नत जातको गाईपालन, भैँसीपालन, बङ्गुरपालन, भेडापालन, बाख्रापालन, माछापालन, माहुरीपालन, मसला बाली तथा फलफूल व्यवसाय गर्ने कृषकलाई अनुदान दिइने अध्यक्ष पोखरेलले बताउनुभयो ।
“कृषकलाई उत्पादनमूलक क्षेत्रमा लगाएर व्यावसायिक बनाउन तथा जीवनस्तर उकास्ने उद्देश्यले अनुदानको व्यवस्था गरेका हौँ,” उहाँले भन्नुभयो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा