सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नवलपरासी, असोज ८। पश्चिम नवलपरासीको परासीमा बच्चासहित फेला परेकी एक सुत्केरीलाई उपचारका लागि काठमाडौं पठाइएको छ । रामग्राम नगरपालिकाले उपचार खर्चको व्यवस्थापन गर्ने गरी मानसिक सन्तुलन गुमाएकी ती महिलालाई आवश्यक उपचारका लागि काठमाडौँ पठाइएको हो । सुत्केरीको मानसिक अवस्था राम्रो नभएकाले रामग्राम नगरपालिकाको सहयोगमा कोसिस नेपाल नामक संस्थाले उपचारका लागि काठमाडौँ लगेको नगरपालिकाका प्रमुख नरेन्द्रप्रसाद गुप्ताले बताए ।
बच्चा जन्माइरहेको, रगताम्य र बच्चाको नाल नकाटिएको अवस्थामा फेला परेकी ती महिलालाई उद्धार गरी बच्चा र आमाको जिल्ला अस्पतालमा उपचार गरिएको थियो । अस्पतालमा बच्चा र आमा दुवैको उपचार भएकोमा बच्चाको अवस्था राम्रो रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेट डा.अनन्तकुमार शर्माले जानकारी दिए।
महिलालाई मानसिक सन्तुलनको उपचार गर्न तीन महिनाका लागि राजधानी पठाइएको नगर उपप्रमुख रम्भा कुँवरले बताइन् । तीन महिनाको उपचार खर्च नगरपालिकाले व्यहोरेको छ । बच्चालाई भने अहिले अस्पतालमा राखिएको छ । अस्पतालका स्वास्थ्यकर्मीले बच्चाको रेखदेख गर्दै आएको स्वास्थ्य अवस्था राम्रो रहेको डा.शर्माले बताए । रासस
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा