सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पोखरा, असोज ८। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ चीनको हाईनान प्रान्तको भ्रमणका लागि प्रस्थान गरेका छन् । मुख्यमन्त्री भइसकेपछि उनको यो पहिलो विदेश भ्रमण हो । हाईनानको राष्ट्रिय दिवसमा प्रमुख अतिथिको रुपमा उनलाई निम्तो गरिएको हो ।
चीन प्रस्थान गर्नु अघि पोखरामा सोमबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले प्रदेशको आवश्यकता अनुसार लगानी र अनुदानका लागि आह्वान गर्ने बताए । नेपाल सरकारका विगतका सहयोग अनुदानहरु नआउने र साझेदारीमा गर्ने कार्यक्रमहरु कार्यान्वयन नगरिएकोप्रति पत्रकारले राखेको जिज्ञासामा उनले आफूहरुले उधारो सम्झौता नगर्ने बताए ।
‘संघमा उधारो सम्झौताका कारण नै यस्ता काम नभएको हो । हामी उधारो सम्झौता गर्दैनौं,’ उनले भने, ‘आपसी समझदारी गर्छौं तर देखाउनकै लागि धेरै सम्झौता हुँदैनन्, आफ्ना स्वार्थ र हित, समृद्धि, लक्ष्यसँग मिल्ने कुरामा मात्रै हाम्रो ध्यान छ ।’
गण्डकी प्रदेशमा लगानी केन्द्रीत गर्न आफूले गृहकार्य गरेर आउने बताए ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा