सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
दुबईका एक राजकुमारले चीनमा ४,००,००० युआन (६७ लाख ७१ हजार नेपाली रुपैया) को डिनरको बिल तिरेका छन् । राजकुमार द्धारा तिरेको बिल अहिले सोशल मिडियामा भाइरल भएको छ ।
शंघाई स्थित रेष्टुरेन्टका मालिक सन ले राजकुमारको नाम भने बताउन चाहेनन् । उनले भने दुबईका एक राजकुमारले उनका ७ जना चिनिया साथीहरुसँग डिनर गरेका थिए । डिनरमा कुल २० डिश अर्डर गरीएको थियो ।
यद्यपी, यो बिल दुबई लागी केही पनि होइन ।
सबैभन्दा महंगो आइटम
यो डिनरमा सबैभन्दा महंगो आइटम “वाइल्ड लार्ज एल्लो क्रोकर” थियो जसको मुल्य १,१६,९२० युआन अर्थात करिब १९,२०,००० नेपाली रुपैयाको थियो । बाँकी अर्डर गरीएको खानामा १६,८०० युआन अर्थात २,८५,००० नेपाली रुपैया को “क्रोकोडाइल टेल सुप”, “एबालोन (मोतीको सीप)” बाट बनेको ब्यञ्जन थियो जसको मुल्य १२,८०० युआन अर्थात २,१६,००० नेपाली रुपैया प्रति प्लेट थियो ।
सुत्र अनुसार, राजकुमारले ८ जनाको लागी खानेकुरा मगाएका थिए । यसमा उनिहरुको ड्राइभर तथा सेवा शुल्कसहित विल ४,१८,२४५ युआन भएको थियो । तर डिस्काउन्ट पछि राजकुमारले ४,००,००० युआन अर्थात ६७ लाख ७१ हजार नेपाली रुपैया चुकाउनु पर्यो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा