सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नवलपरासी, असोज ८। नेपाल प्रेस युनियन नवलपुर शाखा पूर्वी नवलपरासीको १० औँ अधिवेशनबाट वीरेन्द्र पराजुलीको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको छ। जसको खुल्ला उपाध्यक्षमा श्रीधर उपाध्याय, समावेशी उपाध्यक्षमा कमला राना, प्रथम सचिवमा खगराज सापकोटा सङ्गठन, द्वितीय सचिवमा चोलाकान्त रेग्मी र आशिष प्रवक्तामा चयन भएका छन् ।
यसैगरी कोषाध्यक्षमा कल्पना कुँवर र सहसचिवमा मीना कँडेल चयन भएको मुख्य निर्वाचन अधिकृत चेतनारायण भुसालले जानकारी दिए । सदस्यमा तिलक सुवेदी, विवेक भण्डारी, सुजन अधिकारी, प्रकाश भण्डारी, चन्दा गुरुङ, राज चापागार्इं, गीता गैरे, अजय पौडेल, दीपा पँगेनी, सुदीप चापागाईं, टोपबहादुर राना र कृष्णप्रसाद रेग्मी चयन भएका छन् ।
केन्द्रीय प्रतिनिधिमा नवीन पौडेल, सदानन्द जैसी, घनश्याम बगाले, भूमिराज चापागार्इं, ईश्वरीप्रसाद चापागार्इं, नारायण शर्मा, श्रीराम सिग्देल, होमराज रानाभाट, गङ्गाबहादुर पाण्डे, चेतन पौडेल, जगन्नाथ उपाध्याय, रुपा गिरी, सिर्जना न्युरे, राजेन्द्र पौडेल, शान्ति तिवारी, निकेश काफ्ले, कृष्णकुमारी ढकाल, उर्मिला ढकाल, ऋषिकेश बस्ताकोटी, वसन्त पोख्रेल, प्रकाश शर्मा बस्याल, प्रेमप्रसाद न्यौपाने र विष्णुप्रसाद गौडेल छानिएका छन् । रासस
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा