सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अष्ट्रेलियामा भारतीय अभिनेत्री शिल्पा शेट्टी लाई नस्लीय दुर्व्यवहार भएको छ । सिड्नीबाट मेलबर्नको यात्राको दौरान शिल्पा माथि आपत्तिजनक ब्यवहार भएको जानकारी इंस्टाग्राममा घटनाक्रमको बारेमा पोस्ट गर्दे दिएकी हुन् । उनले कोही कसैलाई उसको रंगको आधारमा भेदभाव गर्न नहुने भन्दै आपति जनाएकी छिन् ।
शिल्पाले लेखिन विमान स्थलको चेक इन काउंटरमा उनले “मेल” नामकी एक महिलाकमीलाई भेटिन । महिलाकर्मीले शिल्पाको दुई ब्यागलाई लिएर आपत्ति जनाइन । भनिन, यसमा अतिरिक्त सामानले भरिएको छ । जबकी दुई वटा ब्याग लान पाउने अनुमित थियो र ती दुई मध्ये एउटा ब्याग आधा खाली थियो । जब ब्यागलाई चेक गर्न भनियो तब त्यसमा अनावश्यक समय लगाइयो ।
ब्याग चेक जाँच नगर्दा जब त्यसको विषयमा गुनासो गरीयो तब एयरपोर्ट स्टाफहरुले सहयोग गनुको सट्टा असभ्यता देखाए । ‘मेल’ नामकी ति महिलाकर्मीको ब्यवहार आपत्तिजनक रह्यो । तिनले खैरो जातीलाई प्रयोग गरीने शब्द ‘यूएस’ भन्ने शब्द निकालिन । यो समय तिनले नस्लीय आधारमा भेदभाव गरेको देखियो र उनको ब्यवहार रुखो रह्यो ।
शिल्पा २००७ मा पनि नस्लीय भेदभावको शिकार बनेकी थिइन । ब्रिटिश टेलिभिजन च्यानलमा “सेलिब्रेटि बिंग ब्रदर शो” को दौरान उनी विरुद्ध नस्लीय टिप्पणी गरिएको थियो । यो घटना निकै चर्चामा आएको थियो पछि त्यही शो मा शिल्पाले उपाधि जितेकी थिइन ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा