सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
स्विजरल्याण्डमा ‘सेंट गालेन’ मतदाताहरुले आइतवार एक जनमत संग्रहमा सार्वजनिक स्थानमा अनुहार ढाक्ने लुगामा रोक लगाउन समर्थन गरेका छन् । स्विजरल्याण्डको यो दोस्रो प्रान्त हो, जहाँ अब बुर्का माथि रोक लाग्ने भएको छ ।
आधिकारीक परिणाम अनुसार, उत्तरपुर्वीै सेन्ट गालेन प्रान्तमा ३६ प्रतिशत मतदान मा ६७ प्रतिशत मतदाताहरुले “बुर्का लगाउने पुरै प्रतिबन्ध” को पक्षमा भोट हाले । यसमा दुई बर्ष पहिला दक्षिण तिचीनोले पनि बुर्का र अन्य मुस्लिम नकाब लाई प्रतिबन्धित गर्नको लागी कानुन ल्याएको थियो भने अब सेन्ट गालेन पनि त्यही मार्ग–निर्देशनमा हिड्नेछ ।
ज्यूरिख, ग्लेरुस जस्ता तिन प्रान्तले हालको बर्षमा यसरी नै प्रतिबन्ध लगाउने प्रस्तावलाई खारेज गरेको छ । पछिल्लो बर्ष सेंट गालेनको सांसदले एक विधेयक पारीत गरेको थियो जसमा भनिएको थियो कि यदि कोही ब्यक्ति सार्वजनिक स्थानमा आफनो अनुहार ढाकेर मानिसहरुको सुरक्षा वा धार्मिक अशान्ति फैलाउछ भने त्यसमाथि जरिवाना लगाइनेछ ।
क्षेत्रीय संसदमा यसलाई दक्षिणपंथी र मध्यमार्गी पार्टिले समर्थन गरेको थियो तर ग्रीन र ग्रीन लिबरल पार्टिले जनमत संग्रहको माग गरेको थियो । इस्लामिक सेन्ट्रल काउन्सिलिंग स्विजरल्याण्डले आइतबार बुर्कामाथिको रोकलाई इस्लामोफिबिया सम्झौता भनेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा