भर्खरै

सलमानको ‘स्वाग से स्वागत’ ले राख्यो भारतीय सिने इतिहासमा नयाँ रेकर्ड, पायो सबैभन्दा बढि भ्युज


 September 23, 2018     सेतो खबर

बलीउड स्टार सलमान खानको फिल्म “टाइगर जिन्दा हे” को गित “स्वाग से करेंगे सबका स्वागत” रिलिजदेखी नै धेरै नै चर्चा थियो । यो गितलाई धेरैले तारिफ पनि गरे । अब यो गितको नाममा अर्को एउटा यस्तो रेकर्ड दर्ता भएको छ जुन विग वोस १२ मा ब्यस्त सलमानको अनुहारमा खुशी ल्याउनेछ ।

यो गीत मानिसहरुमा यती धेरै लोकप्रिय भयो कि ६ महिनामा नै यो गीतको भिडियोलाई ६०० मिलियन भन्दा बढि भ्युज मिल्यो । यसको साथै यो गीत भारतको सबैभन्दा धेरै हेरीने गीत पनि बनेको छ । यो गीतमा कटरीना कैफ शानदार मुभ्समा देखिएकी छिन भने सलमान खानको स्वाग र टशन हेर्न लाएक छन् ।

सलमान खान र कटरीना कैफको फिल्म “टाइगर जिन्दा हे” को पहिलो गित “स्वाग से करेंगे सबका स्वागत” २१ नोभेम्बरमा रीलीज भएको थियो । म्युजिक डाइरेक्टर विशाल र शेखकको यो गीतको शब्द इरशाद कामिलले लेखेका हुन् जबकी गितमा स्वर विशाल ददलानी र नेहा भसिनको रहेको छ ।

“टाइगर जिन्दा हे’ २२ डिसेम्बरमा रिलिज भएको थियो भने यसमा सलमान खान र कटरिना कैफ धेरै बर्षपछि स्क्रीन शेयर गरेका थिए । दुबै जनाको केमेस्ट्री गीतमा धेरै राम्रो देखिएको थियो ।

अलि अब्बास जफरको निर्देशनमा बनेको यो फिल्म २०१२ मा आएको “एक था टाइगर” को सीक्वेल फिल्म हो । “एक था टाइगर” को कुल बजेट ७५ करोड रुपैया थियो । सलमान खानको पारिश्रमीक छोडेर “टाइगर जिन्दा हे” को कुल बजेट लगभग १५० करोड भारु थियो । रिलिज भएको ४ दिनमै फिल्मले आफनो लगानी उठाउन सफल भएको थियो ।

ctzn
LIC

LIC


Ime Inside