सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज ७ । दर्जनौँ पुल र सडक अलपत्र पार्ने पप्पु कन्स्ट्रक्सनले फेरि दुई अर्ब स्पैयाँभन्दा बढीको सरकारी ठेक्का पाउने भएको छ। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ ।
बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको केन्द्रीय भवन निर्माणका लागि टेण्डरमा सहभागी १२ कम्पनीमध्ये सबभन्दा कम दररेट पस्ताव गर्ने पप्पु छानिने निश्चित भएको हो।
पुनर्निर्माण प्राधिकरणको सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाले आइतबार औपचारिक रूपमा यसको घोषणाा र सम्झौता गर्दैछ। ओगट्ने तर समयमा काम गर्न नसक्ने कम्पनीका रूपमा बदनाम छ।
निर्माण गरिएको संरचना पनि गुणस्तरहीन रहेको गुनासो बढेपछि सरकारले छानबिनसमेत अघि बढाएको छ। पश्चिमाञ्चल क्षेत्रीय सडक निर्देशनालयका प्रमुख दिपक श्रेष्ठको संयोजकत्वमा गठित पाँच सदस्यीय छानबिन समितिले पप्पुका धेै गल्ती औँल्याइसकेको छ। भौतिक पूर्वाधार मन्त्रालयका सचिव मधुसुदन अधिकारीले पप्पुमाथि कारबाहीको तयारी भइरहेको दाबी गरे।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा