सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज ६ । सार्वजनिक सवारीको भाडा वृद्धि गर्ने भएको छ ।
सरकार र यातायात व्यवसायीबीच शनिबार भएको वार्तामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक सवारीको भाडा १० प्रतिशत वृद्धि गर्न सिफारिस गरेकोमा सरकारले उक्त भाडा बढाउन सहमत भएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको वार्तामा नेपाल यातयात व्यवसायी राष्ट्रिय महासंघ, उपभोक्ता प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिसहितको बैठकले १० प्रतिशत भाडा वृद्धि गर्नेसहित चार बुँदे सहमति भएको छ ।
सरकारले सिफारिस गरेको भाडावृद्धि असोज ७ अर्थात् भोलीदेखि नै लागू हुनेछ ।
आजै भएको सहमति अनुसार यातायात व्यवसायी दशैंका लागि अग्रिम टिकट बुकिङ्ग खोल्न पनि सहमत भएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा