सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज ६ । आफ्ना पक्राउ परेका नेता कार्यकर्ता रिहाईको माग गर्दै नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आइतबार (असोज ७ गते) उपत्यका बन्दको आब्ह्रान गरेको छ ।
सो पार्टीका स्थायी समिति सदस्य एवं प्रवक्ता प्रकाण्ड, पीबीएमहरू, सीसीएमहरू तथा सबै तहका नेतारकार्यकर्ताहरूको गैरकानुनी तथा गैरन्यायिक गिरफ्तारी विरुद्ध बन्दको आब्ह्रान गरेको प्रेश बिज्ञप्ती मार्फत जनाएको छ ।
सरकारले आफनै अदालतको आदेशको समेत घोर अवहेलना हुनगरी प्रवक्ता प्रकाण्ड लगाएतका नेताहरुलाई पटक–पटक गिरफतारी गर्ने र जिल्ला जिल्ला घुमाएको आरोप लगाएको छ ।
शुक्रबार पार्टीका उपत्यका इन्चार्ज प्रज्वलले जारी गरेको प्रेश विज्ञप्तिमा पक्राउ परेका नेता कार्यकर्ताको तत्काल रिहाईको माग सहित स्थानीय तहले गरेको करबृद्धि र निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई कारबाहीको माग समेत गरिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा