सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज ५ । आन्दोलित सावारी चालक र सरकारबीच आठ बूँदे सहमति भएको छ । शुक्रबार दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको वार्तामा आठ बूँदे सहमति भएसँगै सावारी चालकहरुले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएका छन् ।
तीन घण्टा लामो छलफलमा भएको आठ बूँदामा चालक संघर्ष समितिबाट प्राप्त ज्ञापनपत्रको कार्यान्वयनका लागि भौतिक पूर्वाभार तथा यातायात र कानून, न्याय तथा संसदिय मामिला मन्त्रालय पठाउने, ट्राफिक संकेत र सडकको नियमित मर्मत संभार गरी भौतिक अवस्था दुरुस्त राख्ने, सडक दुर्घटना हुँदा घटनाको निस्पक्ष छानविन गरी घटनामा दोषी देखिएका जो सुकैलाई पनि कारवाही गर्ने सुनिश्चित गर्ने, सवारी चालकलाई समय–समयमा सडक सुरक्षा सम्बन्धी सचेतनामूलक कार्यक्रम संचालन गर्ने, ट्राफिक प्रहरीको व्यवहार परिर्वतनका लागि गृहमन्त्रालयले आवश्यक व्यवस्था मिलाउने लगायत उल्लेख छ ।
।
छलफलमा प्रधानमन्त्री कार्यालयका सचिव अधिकारी, गृह मन्त्रालयका सचिव प्रेमकुमार रार्इ, भौतिक, पूर्वाधार मन्त्रालयका सचिव मधुसुदन अधिकारी र कानुन सचिव राजीव गौतम सहभागी थिए।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा