सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नारायणगढ, असोज ५ । सानिमा जनरल इन्स्योरेन्सले नारायणगढमा शाखा विस्तार गरेको छ । आज एक कार्यक्रमका विच बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले उक्त शाखाको समुद्धघाटन गर्नु भएको हो ।
कार्यक्रममा सञ्चालक खेम राज लामिछाने, निमित्त कार्यकारी प्रमुख सुबोध लाल श्रेष्ठ तथा बीमा समितिका निमित्त कार्यकारी निर्देशक राजु रमण पौडेलको उपस्थिति रहेको थियो ।
कम्पनीले सबै प्रकारका निर्जिवन बीमाहरु जस्तैः मोटर, घर, कलकारखाना, जलविधुत, कृषि तथा पशुबीमा र लघुबीमा मार्फत देशभर बीमाको पहुँच नपुगेका क्षेत्रहरुमा समेत बीमाको सर्वसुलभ पहुच पुर्याउने उदेश्यले उक्त शाखा विस्तार गरेको हो ।
कम्पनीले आ.व. २०७५/०७६ सम्ममा नेपाल अधिराज्यभर २० वटा नयाँ शाखा कार्यालयहरु विस्तार गर्ने लक्ष्य लिएको छ ।
देशका सफल उद्योगि, व्यवसायिहरु, बैंकर्स तथा गैरआवासिय नेपालीहरुद्धारा प्रवद्धित यस कम्पनीको हाल अधिकृत पूँजी रु.१ अर्ब ५० करोड, जारी पूँजी १ अर्ब र चुक्ता पूँजी रु. ७० करोड रहेको छ । आगामी आर्थिक बर्ष भित्र रु.३० करोड बराबरको शेयर सर्वसाधारणका लागि जारी गरि चुक्तापुँजी रु.१ अर्ब पुर्याउने लक्ष्य कम्पनिले लिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा