सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अमेरीकामा सत्ताधारी रिपब्लिकन पार्टीले अखबारमा दिइएको विज्ञापनलाई लिएर हिन्दुहरु सँग माफी मागेको छ ।
जसमा अल्पसंख्यक समुदायको मतदाताहरुलाई लोभ्याउनको लागी टेक्सासमा विज्ञापनमा भगवान गणेशको तस्विरको प्रयोग गरीएको थियो जसको कारण उनीहरुको भावानामा चोट पुग्यो । गणेश चतुर्थी को अवसरमा प्रकाशित विज्ञापनमा भगवान गणेशको तस्विरको प्रयोग गरिएको थियो । यसको साथै लेखिएको थियो “तपाई एउटा गधालाई पुजा गर्नुहुन्छ या एउटा हात्तीको ? यो तपाईको मञ्जुरी “!
रिपब्लिकन पार्टीको चुनाव चिन्ह हात्ती हो जबकी डेमोक्रटिक पार्टीको चुनाव चिन्ह गधा हो । एउटा अखबारमा पार्टीको यो विज्ञापनमा भगवान गणेशको तस्विरको प्रयोग लाई ‘अपमानजनक’ भनिएको छ ।
विज्ञापन प्रकाशन गर्ने देशको इकाई, फोर्ट बेंड रिपब्लिकन पार्टीले माफी माग्दै स्पष्ट पारे कि “यो कुनै पनि रुपमा हिन्दु रितिरिवाज वा परम्परालाई अपमान गर्ने उदेश्यबाट गरीएको थिएन “।
ह्यूस्टनका एक अधिकार समुह हिन्दु अमेरीकन फाउण्डेशन (एचएएफ) ले फोर्ट बेंड काउंटी रिपब्लिकन पार्टीसँग विज्ञापनको लागी माफी माग्नको लागी भनेको थियो ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा