सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, असोज ४ । राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नविनकुमार घिमिरलाई नियुक्त गरेकी छन् ।
भण्डारीले संवैधानिक परिषद्को सिफारिसमा हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यवाहक प्रमुख आयुक्त पदमा कार्यरत घिमिरेलाई नेपालको संविधानको धारा २३८ को उपधारा (२) बमोजिम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त पदमा नियुक्त गरेकी हुन ।
आजै राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहबीच सर्वोच्च अदालतका प्रधान न्यायाधीश ओमप्रकाश मिश्र समक्ष नवनियुक्त प्रमुख आयुक्तले आफ्नो पदको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
उक्त अवसरमा प्रधानमन्त्री केपी ओली, प्रतिनिधि सभाका सभामुख, माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री, संवैधानिक निकायका प्रमुख एवम् पदाधिकारीहरु नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीहरु, सुरक्षा निकायका प्रमुखहरु लगायत अन्य विशिष्ट महानुभावहरुको समेत उपस्थिति रहेको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा