सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जपानका प्रधानमन्त्रि शिंजो आबेले विहिवार लिबरल डेमोक्रेटिक पार्टीको लिडरशिप चुनावमा भारी मतले विजयी हुदै आफनो अगिल्लो कार्यकाल तय गरेका छन् । जापानको इतिहासमा उनी सबैभन्दा लामो समयसम्म प्रधानमन्त्रि बन्ने पहिलो प्रधानमन्त्रि बन्दै एउटा अर्को नयाँ रेकर्ड पनि आफनो नाममा गरेका छन् ।
आबेले यो चुनावमा आफनो निकटतम प्रतिद्धन्द्धि र पुर्व रक्षामन्त्रि इशिबालाई हराएका छन् । आबेले कुल ८०७ भोट मध्ये ५५३ भोट प्राप्त गरेका थिए । आबेलाई लिबरल डेमोक्रेटिक पार्टीका ४०२ एमपी मध्ये ३२९ भोट प्राप्त भएको थियो । यसको अलवा पार्टीको ४०५ सदस्य मध्ये २२४ भोट पनि आबेले नै प्राप्त गरे । यो सँगै शिंजो आबे विश्वको तेस्रो सबैभन्दा ठुलो अर्थब्यवस्थालाई सम्हाल्नको लागी तेस्रो पटक पनि तयार भए ।
चुनाव जितेसँगै आबेले अरु तिन बर्षको कार्यकाल पनि प्राप्त गरेका छन् । उनी जापानको इतिहासमा सबैभन्दा लामोसमय सम्म प्रधानमन्त्रि बन्ने ब्यक्ति हुनेछन् । यो भन्दा पहिला यो रेकर्ड तारो कात्सुराको नाममा थियो, जो १९०१ देखी १९१३ सम्म तिन पटक देशको प्रधानमन्त्रि बनेका थिए ।
अक्टोबरमा अब शिंजो आबे आफनो क्याविनेट विस्तार गर्नेछन् । शिंजो आबे देशको अर्थब्यवस्थालाई बलियो बनाउने ब्यक्तिको रुपमा चिनिन्छ । उनकै कार्यकालमा जापान र अमेरीकी सम्बन्ध सबैभन्दा मजबुत बन्दै गएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा