सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कविता
धेरै नजिक नआउनु मेरो, मैले बर्बाद गरिदिन्छु भनेकै थिए ।
नजिक आउनु तिम्रो रहर थियो आयौ
अनि पागल भयौ मेरो मायामा
दिन महिना अनि वर्ष
अब मायाले छोडिदियो
पागलपन एक्कासि ठिक भएर तिमी बिउझियौ, अब मेरो पालो आयो तिम्रो यादमा पागल हुने ,रूने कराउने ।
तिमी म बाट टाढा हुनको कारण खोज्ने ।
मैले खोजे सोधे तिमिसँग उत्तर थिएन ।
तिमिसँग भाको पागलपन अब अन्तै सरेछ भन्ठाने या त तिमि गहिरो पागलपन बाट बाहिरियौ भन्ने लाग्यो ।
अब म छाति पिटेर कराउन थाले जसरी तिमी कराउथ्यौ, मेरा निम्ति
आज म रोए तिम्रो निम्ती ।
तिमिलाई हेर्ने र बोल्ने चाहाना भित्र उदाए मेरा दुःखहरू जसरी उदाउथ्यो तिमी भित्र
पर्ख ….. दिन बित्यो वर्ष बित्यो
अब फेरि म बाहिरिए त्यो पागलपन बाट…..
अब पालो मेरो (एउटा ठूलो पागलखाना खोलिसके)
म कोट र टाई मा सजिएर पागलखानाको चाजोपाँजो मिलाउछु ।
जिवनकै ठूलो सम्पति र कमाई यहि पागलखाना हो मेरो
सबै पागलहरू सँग कुरा बाँड्छु उनिहरूको दुख बुझिदिन्छु भएका जति पागल ले मलाई चिन्छन्। ढोग्छन पुज्छन ।
म उनिहरूकै लागि बाँच्ने गरेको ८ वर्ष भएछ ।
त्यसैबिच फेरी एकदिन तिमि आयौ (अचेतन, बस्त्र विहिन, बिना होस, छिनमा हाँस्ने रूने गर्दै ।
डर लाग्यो चिनिहाल्यौ मलाई, भागेर त जादैनौ ? रिस त देखाउदैनौ ? दुख लाग्यो मान्छे चिन्न छोडिसकेछौ ।
खुशि लाग्यो मलाई चिनेनौ ।
आजै बाट तिम्रो खाने सुत्ने देखि हरेक चिज मैले गर्न थाले।
३ वर्ष भयो म साथ छु तिम्रो, तिमी रूदा रून्छु हाँस्दा हाँस्छु ।
तिमिले बच्चा जस्तो व्यवहार गर्दा रमाउछु।
तिमि पागल हौ। कसरि के गरि मेरै पागलखाना आईपुगेछौ तिमि ???
र्याल झर्छ तिमी बोल्दा मलाई कत्ति घिन लाग्दैन ।
मसँग सबैथोक छ पैसा पावर र सफलता तर तिमी सँग केही छैन न राम्रो शरीर न दिमाग ।
५ वर्ष भयो तिम्रै स्याहार सुसार गर्ने गरेको। बानि पर्यो तिमिलाई है मेरो ??
फेरि माया बस्यो है तिम्रो मसँग । अब मलाई चिन्न थाल्यौ मायालु नाम दियौ ।
हाम्रा ती बितेका प्रेमका पलहरु तिमिलाई याद छैन । तिमिलाइ याद मेरो मात्र छ ।
जो नयाँ म सँग माया बसेको छ तिम्रो जो तिमिलाई खुवाउछे रूदा आशु पुछिदिन्छे हास्दा सँगै हास्छे।
बिस्तारै मरेको आत्मा र दिमागमा श्वास भरिन थाल्यो ।
तिमि मेरै साथमा रमाउन थाल्यौ
अब नयाँ प्रेमको पागलपन तिमिमा आयो ।
परिवर्तन भयौ । खुशि हुन थाल्यौ । तिम्रो दमाग र शरीर ठिक हुँदै गयो ।
…………………………………..
उठ्यौ तिमी लाश पछि पनि
जहाँ मेरो साथ थियो र माया थियो ।
…….अब पालो मेरो “जसरि मलाई पहिला रूवाएर पागल बनाएर टाढा गएथ्यौ” अब जाने पालो मेरो ।।।
……….सोच अब के गर्छौ तिमी????
– आश्मा कोइराला : काभ्रे
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा