सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सियोल, रायटर । दशकौको दुश्मनीलाई विर्सेर शान्तिको बाटोमा आएका उत्तर र दक्षिण कोरीया अब सम्बन्ध प्रगाढ गर्नमा जुटेका छन् ।
यही प्रयास स्वरुप दक्षिण कोरीयाका राष्ट्रपति मुन जे इन मंगलबार पहिलो पटक उत्तर कोरीयाको राजधानि प्योंगयांग पुगेका छन् । उनी तिन दिनसम्म उत्तर कोरीयाको यात्रामा रहनेछन् । यही दौरान कोरीयाली युद्ध समाप्त गर्न तथा परमाणु निसस्त्रिकरण विषयलाई लिएर उनको किमसँग पाँच महिनामा तेस्रो शिखर वार्ता हुदैछ ।
मुनको यो यात्राले परमाणु निसस्त्रिकरण वार्तामा आएको गतिरोध अन्त्य हुनेछ । किमले प्योंगयांग ईन्टरनेशनल एयरपोर्टमा अंगालो हालेर मुनलाई स्वागत गरेका थिए । यसपछि दुबै नेता कालो रंङको मर्सिडीज लिमोजिन कारमा सवार भएर स्टेट गेष्ट हाउस पुगे । बाटोमा किम र मुन कारबाट बाहिर निस्के र स्वागतको फुल लिए ।
यो दौरान सडकको किनारामा भेला भएका हजारौ नागरीकहरुले एकिकरणको नारा समेत लगाएका थिए । दुबै नेताविच हुने अन्तर कोरीयाली शिखर वार्ताले किम र अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रपको विच अर्को भेटवार्ता तय गर्न सक्ने पनि आकलन गरीएको छ ।
उत्तर कोरीया निस्कनु भन्दा पहिला मुनले भने “मेरो भ्रमणले अमेरीका र उत्तर कोरीया विच फेरी वार्ता भएमा यो मेरो लागी ठुलो उपलब्धि हुनेछ “।
मुन र किमको पहिलो शिखर वार्ता गएको अप्रिलमा भएको थियो ।
परमाणु हतियार सम्बन्धि भएन प्रगती
गत १२ जुनमा सिंगापुरमा ट्रंप र किम बिच ऐतिहासिक शिखर वार्ता भएको थियो । यसमा कोरीयाली प्रायद्धिपलाई परमाणु मुक्त गर्नको लागी वार्ता जारी राख्ने सहमति भएको थियो । तर त्यो बेलादेखी यो मुद्धामा कुनै पनि खास प्रगती भएको छैन ।
शिखर वार्ताको उदेश्य
–१९५०–५३ को कोरीयाली युद्धको समाप्तीको आधिकारीक घोषणा ।
–उत्तर र दक्षिण कोरीयामा तनाव भगाउनको लागी केयौ सम्झौता हुने आशा ।
– परमाणु निसस्त्रिकरणलाई लिएर उत्तर कोरीया र अमेरीकामा वार्ता पुनस्थापीत गर्न ।
– अमेरीकी राष्ट्रपति ट्रंप र किम बिच एउटा अर्को भेटघाट तय गर्न ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा