सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज २ । लालिगुँरास नेपाल फुटसल प्रतियोगिता पेपे फुटबल क्लबले जितेको छ ।
राजधानीको चक्रपथमा रहेको भाटभटेनीको स्काई गोल फ़ुट्सल एरिनामा भएको प्रतियोगितामा पासिकोट क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै महाराजगन्जमा रहेको स्काई फुटसलमा पेपे क्लबले उपधी कब्जा गरेको हो ।
भाद्र २९ गते आयोजना भएको प्रतियोगीता बुनपा १० का अध्यक्ष नवराज भट्टराईले उद्घाटन गरेका थिए भने समापन प्रदेश सभा सदस्य कुशुम कुमार कार्कीद्धारा भएको थियो ।
२५ टिम सहभागी रहेको उक्त प्रतियोगितामा प्रथम भएको पेपे क्लबले नगद रु ३५ हजार र द्वितीय भएको टिमले नगद रु १५ हजार सहित शिल्ड र मेडल प्राप्त गरे ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा