सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नेताहरुले चुनाव लडेर जितेको देख्नु साधारण कुरा हो तर के मानिसहरुको विच कुनै जनावर राजनितिमा आउन सक्छ ? यस्तै भएको छ अमेरीकाको क्यालिफोर्नियामा जहा म्याक्स नामको कुकुरलाई मेयर चुनीएको छ । मेयर म्याक्स को नामबाट म्याक्सको अफिसियल फेसबुक आईडी पनि छ । यती मात्र होइन म्याक्सले भाई र बहिनी माइकी र मित्जीलाई पनि उप–मेयर बनाएको छ ।
म्याक्सको फेसबुक आईडीमा कैयौ फोटोहरु पोष्ट गरिएको छ । नयाँ मेयरको मुख्य जिम्मेदारी भनेको पर्यटक, स्थानीय मानिस र मिडियासँग तस्विर खिचाउनु हो । साथै मेयरले शहरमा हुने कार्यक्रममा पनि आफनो उपस्थिति देखाउनु पर्नेहुन्छ । यस्ता योजनाको प्रमुख उदेश्य भनेको जनावर प्रति मानिसहरुको साहानुभुति बढाउनको लागी एउटा पहलको रुपमा गरिएको हो ।
२०१२ मा पनि म्याक्सलाई शहरमा मेयर बनाइएको थियो । यतीमात्र होइन मेयरलाई एउटा गाडी पनि दिइएको थियो ताकि कामको दौरान म्याक्सलाई कुनै किसिमको समस्या नहोस । मेयरको पुरा नाम म्याक्सिमस म्यूलर हो र म्याक्स गोल्डन रिट्रीवर प्रजातीको कुकुर भित्र पर्दछ ।
पैसाको कमीबाट जुझीरहेको जनावरको संरक्षण गृहलाई बचाउनको लागी यो तरिका अपनाइएको हो । चुनावको लागी अनलाइन भोटिङ भएको थियो । यसमा पा केटल नामको सर्च एण्ड रेस्क्यू कुकुरले बाजी मार्यो । पा केटलले २,३८७ भोट पायो । केटलले केयनी नामको ब्वाँसोलाई ५५ भोटले हराएको थियो । चुनावमा १२,०९१ मानिसहरुले भोट हालेका थिए ।
I have learned to practice sleeping with my ears open because there's a lot of snacking that goes on in the night over…
Posted by Mayor Max on Monday, September 17, 2018
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा