सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, असोज १ । ग्लोबल आइएमई बैंक र न्यूरो कार्डियो एण्ड मल्टीस्पेशियालिटी हस्पिटल, विराटनगर बीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको हो ।
उक्त सम्भौतापत्रमा न्यूरो कार्डियो एण्ड मल्टीस्पेशियालिटी हस्पिटलका सञ्चालन निर्देशक राजेश भट्टराई र ग्लोबल आइएमई बैंक विराटनगरका शाखा प्रबन्धक शशि शेखर शर्माले हस्ताक्षर गरे ।
ग्लोबल आइएमई बैंकले आफ्नाग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्तअन्य सुविधाहरु प्रदानगर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्नखाले योजनाहरु ल्याईरहेको छ ।
सम्झौता पश्चात न्यूरो कार्डियो एण्ड मल्टी स्पेशियालिटी हस्पिटलका, विराटनगरमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक, ग्लोबल आइएमई बैंकका कर्मचारी तथा ग्राहकका परिवारजनले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १५ प्रतिशत सम्म छुट पाउने छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा